लमजुङबासीको आइसियू सपना पूरा हुँदै

लमजुङ। लमजुङबासीको सघन उपचार कक्ष (आइसियू) सपना पूरा हुने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेंसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसियु, भेन्टिलेटर र डायलोसिस सेन्टरको व्यवस्थापन गर्ने भएसँगै जिल्लावासीको सपना पूरा हुने भएको हो ।

समितिले सो व्यवस्थापनका लागि संघीय र गण्डकी प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको र जतिसक्दो छिटो आइसियूको व्यवस्थापन गर्नेतर्फ लागिपरेको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए  । उनले बहने  “नेपाल सरकारले चाइनाबाट सामग्री ल्याउन लागेको छ, सो सामग्री मध्य जिल्लामा पनि माग गरेका छौंँ । ”

यतिबेला कोरोना भाइरस संक्रमणको जोखिमका कारण संक्रमितलाई राख्नका लागि आइसियू महत्वपूर्ण भएकाले अस्पताल व्यवस्थापन समितिले समेत आइसियूको माग सरकारसँग गरिसकेको अस्पतालका प्रमुख प्रकाशकीय अधिकृत हेमन्त श्रेष्ठले बताए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button