श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

डोटी। शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

राजु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शङ्कास्पद देखिएकाले निजका श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।

टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घटना भएको दिन शुक्रबार एउटै कोठामा दमाई दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button