योगेश र सारिकाको ‘मायाको सुगन्ध’ सार्वजनिक

पोखरा गायक योगेश काजी र गायिका सारिका घिमिरेको आवाजमा रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको रहेको गीतमा योगेश काजीले सङ्गीत संयोजन गरेकाछन् ।

गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । एचवीएन किस्मतले तयार पारेको ‘मायाको सुगन्ध’ गीतको म्युजिक भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा आदीको अभिनय हेर्न पाइन्छ ।

सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले पर्दामा उतारेका छन् । भिडियोको दृश्य सम्पादन भने पवन शुष्लिङले गरेका हुन् ।

नायिका तथा मोडल समेत रहेकी सारिका घिमिरे यतिवेला गीत मार्फत समेत चर्चामा छन् । गायक योगेशकाजीका गीत पनि स्रोता र दर्शकको रोजाइमा पर्ने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button