रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर घाइते

सप्तरी। सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा आज भएको दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स८प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिए ।

उनीसँगै मोटरसाइकल पछाडि रहेका सोही ठाउँका २६ बर्षिय तरुण सरदार गम्भीर घाइते भएका छन । घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उनीहरु बिहानै माछा मार्न घरबाट निक्लिएको स्थानीय रमेश चौधरीले जानकारी दिए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button