पोखरा । गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनले पोखरा रंगशाला निर्माणमा जुटिरहेका श्रमिकलाई आज राहत सामाग्री उपलब्ध गराएका छ्न ।
सांसद गौचनले पोखरा रंगशाला पुगेर रंगशाला निर्माणमा जुटिरहेका श्रमिकको लागि राष्ट्रिय खेलकुद परिशद (राखेप) का सदस्य राजेश गुरुङ मार्फत खाद्य सामाग्री हस्तान्तरण गरेका हुन ।
सासद गौचनले ८५ जना श्रमिकलाई २४ हजार मूल्य बराबरको चामल, दाल, तेल, नुन, चिउरा, आलु, प्याज लगायतका खाद्य सामाग्री उपलब्ध गराएका हुन् ।
राखेप सद्स्य गुरुङल्रे हाल रंगशालामा कार्यरत श्रमिकलाई दैनिक ज्याला बाहेक विभिन्न सहयोगी तथा दाताहरुले खाना र खाजाको प्रबन्ध गरिरहेको बताए ।