नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

काठमाण्डौ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार बिहीबार बिहान कपिलवस्तु की ६ वर्षीया बालिका  र काठमाण्डौ चन्द्रागिरीका ३२ बर्षीया युवकमा कोरोना संक्रमण भेटिएको  हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ । बुथाबार नेपालमा थप  २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button