काठमाण्डौ : नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाँके, धनुषा, खोटाङ्, दैलेख सुनसरी र झापाका विभिन्न १८ जनामा कोरोना संक्रमण पुष्टि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये सबै भन्दा धेरै बाँकेका क्वारेन्टाइनमा मृत्यु भएका युवकको गाउँ नरैनापुर गाउँपालिका १२ जना रहेका छन ।
नेपालमा सोमबार एकै दिन अहिलेसम्मकै उच्च संख्यामा ८० जना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।
यस अघि नेपालमा सोमबार बिहानमात्रै ९ जना र दिउसो ५३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ जनाको मृत्यु भइसकेको छ।
नेपालमा संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution