नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ ।   नेपालमा थप  ७२ जनामा  कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौको टोखा र बुढानिलकण्ठका ३ जना सहित ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

सोमबार काठमाण्डौसहित  धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ८७ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button