पोखराको अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत  कोरोना संक्रमित पुरुषको मृत्यु  भएको छ ।

अस्पतालको प्रि-आइसोलेसन कक्षमा उपचार गराइरहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय उनमा कोरोना  पुष्टि भएपछि आइसोलेसन कक्षमा राखिएको थियो ।

उनको अस्पतालको  आइसोलेसन कक्षमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

भारतको नयाँ दिल्लीमा बस्दै आएका उनी  जेठ २१ गते  सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । मिर्गौला, सुगर लगायतका बिरामी रहेका उनलाई स्वास्थयमा समस्या आएपछि उपचारका लागि पोखरा ल्याइएको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button