कोरोनाका कारण रोजगार गुमाउने गण्डकीका युवालाई रोजगार बनाउन १८ करोड ४२ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवाहरूलाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

सोमबार गण्डकी प्रदेशको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले  स्वदेश तथा विदेशमा कोभिडबाट प्रभावित युवाहरूलाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन आवश्यक सीप, पुँजी र प्रविधि उपलब्ध गराउन १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरिएको बताए ।

युवाहरुलाई स्वरोजगार बनाउन संघ र स्थानीय तहको साझेदारीमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र मार्फत सञ्चालन हुने व्यावसायिक तालिमका लागि १० करोड ५० लाख  र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र मार्फत सञ्चालन हुने तालिमका लागि ९ करोड ८९ लाख  रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले बताए ।

सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ । सरकारले उक्त  कोषबाट कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारू गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने  मन्त्री  गुरुङले  बताए ।

प्रदेशमा  कोभिड लक्षित कृषि कार्यक्रमका लागि १८ करोड  ५० लाख र पर्यटन तर्फ २ करोड  ५ लाख  रुपैयाँ बिनियोजन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button