गण्डकी प्रदेश बजेटः शान्ति सुरक्षामा ४१ करोड ८८ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ का लागि प्रस्तुत बजेटमा शान्ती सुरक्षालाई विशेष प्राथमिकतामा राख्ने जनाएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश शभामा बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशको शान्ति सुरक्षामा ४१ करोड ८८ लाख खर्च हुने जनाएका छन । प्रदेश भित्रका भन्सार, प्रदेशका सीमा नाका र स्थानीय तहहरूको केन्द्रमा प्रहरी चौकी स्थापना र निर्माण गर्न रू ३४ करोड ८ लाख बजेट व्यवस्था गरेको उनले जनाए ।

त्यसै गरि प्रदेश अनुसन्धान व्युरो स्थापना र प्रदेश प्रहरी तालिम केन्द्र निर्माणको कार्यलाई निरन्तरता दिन रू ६ करोड ३० लाख विनियोजन गरेको उनले जनाए।

युवा शक्तिलाई नैतिकवान, चरित्रवान र सुसंस्कृत बनाउन ‘गण्डकी समाज सुसभ्य समाज’को कार्यक्रमद्वारा नैतिक शिक्षा, लागू पदार्थ दुर्व्यसन रोकथाम र सबै प्रकारका अपराध बारे सचेतना अभियान सञ्चालन गर्न रू ५० लाख बजेट छुट्याएको मन्त्री गुरुङले जानकारी दिए ।

ऐतिहासिक जनआन्दोलन, जनयुद्ध लगायत विभिन्न आन्दोलनका घाइतेलाई उपचार गर्न र शहीद, घाइते, द्वन्द पीडित तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई उद्मशीलता तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्न विनियोजित बजेटमा १ करोड छुट्टाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button