गण्डकी प्रदेशका ५ जिल्लाका १८ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण देखिनेमा  बागलुङका  १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी बर्दघाट सुस्ता पूर्वकका २ जना पुरुष, गोरखाका ९  जना पुरुष र १ महिला तथा कास्कीका १ जना पुरुष रहेका छन्  ।

उनीहरु सबै भारतबाट आएर स्थानीय  क्वारेन्टिनमा रहेका व्यक्तिहरु  रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ९ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये २०  जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button