गोरखामा एकैदिन १० कोरोना संक्रमित थपिए

पोखरा । गोरखा जिल्लाका  थप १० जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार  गोरखाका ९  पुरुष  र १ महिलामा  कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समुहका ७ जना पुरुष र ३१ वर्षीया १ महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका २५ र ५३  बर्षीय २ पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट आएर स्थानीय  क्वारेन्टिनमा रहेका व्यक्तिहरु  रहेको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको  छ  ।

यस सँगै गोरखामा कोरोना पुष्टि हुनेको संख्या २५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा  गण्डकी प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाका ९  जना पुरुष र १ महिला सहित स्याङ्जाका ४ जना पुरुष,  बागलुङका  १ जना पुरुष,  नवलपरासी बर्दघाट सुस्ता पूर्वकका २ जना पुरुष तथा कास्कीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससंगै  प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ९ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये २० जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button