पोखराको बुद्ध अस्पतालमा महिलालाई छुट्टै क्वारेन्टिन

पोखरा । पोखरा महागनरपालिकाले महिलाको लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिकाले वडा नम्वर ३ मा रहेको बुद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टाइन बनाएको हो । नेपाल भन्दा बाहिरबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।

पहिला बुद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । वडा नम्वर ३ का अध्यक्ष रवीन्दप्रसाद प्रजुले महिलाका लागि क्वारेन्टिन आग्रह गरेपछि व्यवस्था गरिएको क्वारेन्टिनमा आजै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले आजै अनुगमन गरेका थिए । निरीक्षण गदै उपप्रमुख गुरुङले आजै २० जनाका लागि बेड तयार गर्न निर्देशन दिइन् । बुद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता रहेको छ ।

” स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २० जना राख्न सकिने गरी आज बेलुका सम्म आवश्यक ब्यवस्था मिलाउनुस्”, उनले भनिन्, ‘भारतबाट ८ जना महिला पोखरा आउँदै हुनुहुन्छ उहाँहरुलाई यहाँ राख्नुपर्छ ।’ क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला नै राखिने छ ।

परिवार सहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने ब्यवस्था गरिएको हो । भारत लगायत अन्य देशबाट आउने महिलालाई नदिपुरमा राखिने छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button