शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।

बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र विद्यालयको खेल मैदानको अवलोकन पश्चात पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै
मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरेका हुन् । विद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसँगै आवाससहितको विद्यालयको अवधारणा अनुसार अघि बढ्न सुझाव दिँदै उनले शुक्रराज माविले हाल संचालन गरेको प्राविधिक शिक्षा धेरै राम्रो भएको प्रशंसा गरे ।

विद्यालयको भौतिक संरचना राम्रो भएकोले विद्यालयमा गुणस्तरिय र व्यवसायीक शिक्षाको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको मुख्यमन्त्री गुरुङले जनाए । उनले भने “ हाल देशका धेरै ठाउँमा निजी विद्यालयहरुले गर्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको सङख्या घट्दो रुपमा गएको छ, सामुदायिक विद्यालयमा थोरै विद्यार्थीहरु हुँदा विद्यालय व्यवस्थापन गर्न कठिन भएको छ, कक्षा ९ देखि १२ सम्मको जिम्मा प्रदेशलाई दिनु पर्थ्यो । ”

मुख्यमन्त्री गुरुङले कक्षा १ देखि ८ सम्मको जिम्मा स्थानिय तहलाई दिनु पर्नेमा १२ सम्मको जिम्मा दिनु नै गलत भएको दाबी गरे । विद्यालयहरु मर्ज गरी छात्रा बास सहितको गुणस्तरीय शिक्षा दिएको खण्डमा र टाढा टाढा (क्याजमेन) एरिया बनाएर काम गर्दा सामुदायिक विद्यालयहरुमा धेरै सुधार हुने मुख्यमन्त्री गुरुङको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी बराल, प्राध्यानाध्यापक नरनाथ बराल सहितको टोलीले मुख्यमन्त्री गुरुङ, सांसद राजिव पहारी सहितको टोलीलाई विद्यालयमा स्वागत गर्दै विद्यालयमा विद्यार्थीहरुको सङख्या घट्दै जाँदा विद्यालय टिकाउन मुस्किल पर्न थालेको गुनासो गरेका थिए ।

एक हजार विद्यार्थी हुने विद्यालयमा हाल ३ सयको हाराहारीमा बिद्यार्थीहरु रहेको प्र.अ. बरालले जनाए । सामुदायिक विद्यायललाई टिकाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने प्रदेश सांसद पहारीले माग गरेका छन् । विद्यालयमा रहेको
चौरलाई राम्रो खेल मैदान बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत विद्यालयका अध्यक्ष बरालले माग गरेका छन् ।

विद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको छ । विद्यालयमा प्लस टुमा व्यवस्थापन र शिक्षा संकाय रहेको छ भने विद्यालयमा हाल प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञान (भेटेरिनरी कोर्ष) संचालन हुदै आएको छ । उक्त शिक्षालाई प्रभावकारी बनाउन छात्रावास समेत निर्माणको क्रममा रहेको अध्यक्ष बरालले बताए । विद्यालयमा निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) को पहलमा एक बर्ष अघि देखि स्कुल बससमेत संचालनमा ल्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button