गण्डकीमा थप २४ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित ३४८ पुगे

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ४ जिल्लाका थप २४ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका स्याङजाका २ जना पुरुष बागलुङका १२  जना पुरुष तथा २ महिला, कास्कीका ४ पुरुष तथा २ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ पुरुष  रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३६ जना पुरुष र २ महिला, तनहुँका २६ जना पुरुष, बागलुङमा ५१ जना पुरुष तथा ५ महिला , स्याङ्जाका ७२ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९७ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , गोरखाका ३३ जना पुरुष र ३ महिला, मनाङका १ पुरुष तथा कास्कीका ११ जना पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

प्रदेशमा संक्रमित मध्ये ३४ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button