पर्वतमा ५ स्वास्थ्यकर्मीमा देखियो कोरोना, अस्पतालमा उच्च सतर्कता

पोखरा । पर्वत जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको छ ।

अस्पतालका २ जना डाक्टर, १ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निशियन र १ जना कार्यालय सहायकमा कोरोना पोजिटिभ देखिएको अस्पताल विकास समितीकाअध्यक्ष गोविन्द  पहाडीले  पुष्टि गरे  ।

संक्रमित  स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेबाट नै सेल्फ क्वारेन्टिनमा रहेको अध्यक्ष पहाडीले जानकारी दिए । ८ दिन अघि  स्वाब संकलन  गरेर काठमाडौ परीक्षणका लागि पठाइएकोमा  केही स्वाव स्याम्पलमा अस्पतालका कर्मचारीहरुको समेत रहेको र उनीहरुको नतिजा पोजिटिभ पाइएपछि आजैबाट थप सावधानी अपनाइएको पहाडीले बताए ।

पहाडीले अस्पतालका चिकित्सकहरुले आइसोलेशनमा रहेका संक्रमितहरुको भिजुअल मार्फत स्वास्थ्य परीक्षण गराइरहेकोमा  अस्पतालका चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टी भएपछि केहि समस्या आएको बताए । उनले भने–“अव व्यवस्थापन निकै चुनौती बनेको छ, तर यो खवरबाट नआत्तिन र सवैलाई धैर्यतापूर्वक आ–आफनो घरमा बस्नहुन हार्दिक अनुरोध गर्दछौं ।”

पर्वत जिल्ला अस्पतालमा इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा शुक्रबारबाट  बन्द गरिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button