गण्डकी प्रदेशले स्की खेलका लागि छुट्यायो २५ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले पहिलो पटक हिउँमा खेलिने खेल स्की खेलका लागि २५ लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजिन गरेको बजेट अन्तरगत विशेष प्राथमिकता दिंदै स्की खेलको विकास र प्रवधर्न गर्ने जनाएको छ । विनियोजन गरेको रकम मध्ये मुस्ताङ जिल्लामा स्की खेलको सञ्चालन र प्रवधर्नका लागि १० लाख र मुस्ताङमा नै स्की खेलको पुर्वाधार निर्माण गर्न १५ लाख गरि २५ लाख छुट्टाएको हो ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शाहसिक खेल मध्येको एक स्की खेलको गण्डकी प्रदेशमा ठुलो सम्भावना रहेको बताए । उनले भने–“हामीले सोचे अनुसार बजेट विनियोजन गर्न नसके पनि स्की खेलको विकास होस भन्नका लागि बजेट छ छुट्टाएका हौं ।” स्की खेल शाहसिक खेलका रुपमा रहेकोले पनि यो खेलका माध्यम बाट खेल पर्यटनको विकासमा सहयोग पुग्ने उनले बताए ।

नेपालमा अािधकारीक खेल संस्थाको दर्ता रहेको स्की खेलको केही वर्ष यता मुस्ताङमा वार्षिक रुपमा प्रतियोगिता आयोजना हुँदै आए पनि खेलको पुर्वाधार विकासका लागि अहिले सम्म वजेट विनियोजन भएको थिएन । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि नेपाल सासंद तथा ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले स्वागत गरेकाछन । उनले भने–“सगरमाथाको देशमा हिउँमा खेलिने स्की खेलका पुर्वाधार निर्माण गर्नु महत्वपुर्ण हो ।”

नेपालमा यतिबेला सिनियर र जुनियर गरि ४० भन्दा वढी खेलाडीहरु रहेको जानकारी दिंदै नेपाल स्की संघका अध्यक्ष समेत रहेका श्रेष्ठले पुर्वाधार निर्माण भएपछि खेल गतिविधीहरु समेत बढ्ने उनले बताए । “मुस्ताङ जिल्लमा विगत दुईवर्ष यता प्रतियोगिता हुँदै आएका छन, खेलस्थलको पुर्वाधार लाई खेल्ने लायक बनाउन आवश्यक छ ।” उनले यस्ता खेलपुर्वाधारको निर्माणले खेल पर्यटनको विकासमा समेत सहयोग पुर्याउने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button