तनहुँको क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

पोखरा । तनहुँ घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा एकपुरुषले आत्महत्या गरेका छन ।

उक्त क्वारेनिटनमा बस्दै आएका ५२ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सिनाका अनुसार उनी के कारणले आत्महत्या गरे भन्ने बारे अनुशन्धान जारी रहेको बताएका छन ।

गत असार ४ गते भारतको पुने बाट आएर उक्त क्वारेन्टिनमा बस्दै आएका उनी मंगलवार राती ८ः३० बजे आफु बस्ने कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शवलाई शुरक्षित रुपमा सदरमुकाम दमौली ल्याउने तयारी भइरहेको छ ।

मृतकको स्वाव संकलन समेत नभएकोले स्वाव संकलनको समेत तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button