नेपालमा कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं। ललितपुरको स्टार अस्पतालमा कोरोनाबाट एक २९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

शनिबार ४ बजे सास फेर्न गार्हो भएर अस्पताल भर्ना भएका ती रौतहटका युवालाई साँझ स्टार अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । हिजै राती ८ बजे मृत्यु भएको उनको कोरोना परीक्षणको रिपिर्ट भने आज बिहान मात्र आएको हो । मृतकको छातीमा गम्भीर संक्रमण देखिएको जनाइएको छ ।

मृतकमा संक्रमण पुष्टि भएसँगै उनको परिवारका ४ सदस्यलाई आइसोलेसनमा राखिएको छ भने शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई लगाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button