कोरोनाका कारण गोरखाका एक पुरुषको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा  थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोरखा अस्पतालमा उपचाररत गोरखा पालुङ्टार-७ का  ४४ बर्षीय कोरोना संक्रमित पुरुषको  मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार  अस्पतालमा भर्ना भएका उनको शनिबार बिहान ५ बजे  मृत्यु भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षीय व्यक्तिको गत जेठ २६ गते र अर्का स्याङजा सिरुवारीका ५५ बर्षीय  पुरुषको असार १० गते राति  मृत्यु भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button