पोखराका ४ सहित थप ९ जनामा कोरोना पुष्टि

पोखरा । पोखराका ४ जना सहित थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शनिबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका ४ जना र गोरखाका ५ जना गरि थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा पोखराका ३६, ३९, ३६ र ५३ वर्षीय ४ पुरुष रहेको जनाइएको छ । त्यस्तै गोरखाका ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । जसमध्ये एकजनाको गोरखा पालुङटार-७ का एक ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ भने प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button