बेलायतमा हस्पिटालिटी र पर्यटन क्षेत्रमा लाग्ने भ्याट २० बाट ५ प्रतिशतमा झारियो

पोखरा । बेलायतले कोरोना महामारीका कारण हस्पिटालिटी र पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै भ्याटदर २० प्रतिशतबाट झारेर ५ प्रतिशतमा पुर्याएको छ ।

बेलायतका चान्सलर ऋषि सुनकले आगामी बुधबारदेखि लागू हुने गरि आगामी ६ महिनाका लागि यस्तो भ्याट कटौती घोषणा गरेको हुन् । सुनकले आज सार्वजनिक गरेका अन्य निर्णयहरुमा युवायुवतीलाई रोजगारी सिर्जना गर्न २ खर्ब पाउन्डको योजना पनि रहेको छ । त्यस्तै २५ नयाँ प्रशिक्षार्थी कामदारलाई काम लगाउने कम्पनीले प्रति महिना २ हजार पाउन्ड पाउनेछन् ।

त्यस्तै कोरोनाका कारण बेतलबी बिदामा रहेका आफ्ना कामदारलाई फिर्ता बोलाउने कम्पनीलाई बोनस दिने समेत जनाइएको छ । त्यस्तै रेस्टुरेन्टमा खान जानेलाई ५० प्रतिशत छुट दिने गरि भाउचर प्रदान गरिने पनि सुनकले जानकारी दिए । तर “इट आउट टु हेल्प आउट” नाम दिइएको सो छुट कार्यक्रम आगामी अगस्ट महिनाका लागि मात्रै हुनेछ ।

समर इकोनोमिक स्टेटमेन्ट अन्तर्गत यी सबै कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button