पोखराका २ सहित गण्डकीमा १४ कोरोना संक्रमित थपिए

पोखरा । पोखरा महानगरका २ सहित गण्डकी प्रदेशमा १४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शनिबार बिहान पोखराका २ सहित गण्डकी प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि हुनेमा पोखरा महानगरका २ पुरुष , म्याग्दीका २ पुरुष, बाग्लुङ र स्याङ्जाका ३-३ पुरुष तथा तनहुँका ४ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाई  सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button