बाबुराम भट्टराई बने हजुरबा !

पोखरा । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता बाबुराम भट्टराई हजुरबा बनेका छन् ।

आइतबार बिहान पुत्री मानुषी र ज्वाईं जेकेन्द्रलाई पुत्रलाभ भए सँगै आफू हजुरबा बनेको भन्दै बाबुरामले फेसबुकमा पोष्ट गरेका थिए । उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि जानकारी दिएका छन् ।

शिक्षण अस्पतालमा अपरेशन पश्चात् मानुषीले छोरालाई जन्म दिएकी हुन् । भट्टराईले सफल अपरेशनका लागि डाक्टर गीता गुरुङ र सम्पुर्ण टिमलाई हार्दिक धन्यवादसमेत दिएका छन् ।

Chat conversation end
Type a message…

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button