पोखराका घर्तीको कोरियामा मृत्यु, अर्घाखाँचीका एकद्वारा आत्महत्या

पोखरा । कोरियामा कार्यारत एक पुरुषको बिहीबार मृत्यु भएको छ ।

कास्कीको लेखनाथ घर भएका ओम प्रकाश घर्तीको बिहीबार मृत्यु भएको हो । कोरियाको मक्पोस्थित थेबुलमा काम गर्दै आएका घर्ती काम गर्ने स्थलमै ढलेको जनाइएको छ । उनलाई अस्पताल पुर्याइए पनि अस्पतालमा मृत घोषित गरिएको थियो ।

घर्ती विगत १० वर्ष देखि कोरियामा काम गर्दै आएका थिए । उनको परिवारमा श्रीमती र दुई सन्तान रहेको जनाइएको छ । बिहीबार नै कोरियामा काम गर्दै आएका अर्का एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँची घर भएका २३ वर्षीय विक्रम पाण्डेले आफू काम गर्ने कम्पनीको कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् । उनी ३ वर्ष अघि कोरिया आएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button