खेलकुदमा बल्ल त लोकतान्त्रिक गणतन्त्र आएको छ–मन्त्री विश्वकर्मा

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले खेलकुदमा लोकतान्त्रिक गण्तन्त्र आएको बताएका छन ।

पोखरा रंगशालामा अग्रज खेलाडीहरुको संग भेटमा मन्त्री विश्वकर्माले यस्तो कुरा बताएका हुन । उनले खेलकुद विकास विधेयक २०७७ कार्यान्वयन भए संगै खेलकुदले बल्ल लोकतान्त्रिक गणतन्त्रको अभ्यासको शुरुवात भएको बताए । उनले भने–“लामो समयको प्रयास पछि बल्ल ऐन आएको छ तर कार्यान्वयनमा चुनौती भनेछन ।” उनले यस्ता चुनौती विरुद्ध लड्न र ऐनको कार्यान्वयनका लागि सबै एकजुट हुने बेला आएको  बताए ।

खेलकुदमा लामो समय देखि जरागाडेको परम्परागत पद्धतीलाई तोड्न उत्तिकै संघर्ष आवश्यक रहने मन्त्री विश्वकर्माले उल्लेख गर्दै यसका लागि अग्रज खेलाडीहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले विधेयकले अवको नयाँ नेपालको खेलकुदको बाटो अगाडी बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

बन्द व्यायामशाला खोल्न पहल गर्छु
युवा तथा खेलकुद मन्त्री विश्वकर्माले कोभिड–१९ पछि बन्द रहेका व्यायामशालाहरु खेल्न आफुले पहल थाल्ने बताएका छन । व्यायाम व्यवसायी संघ कास्कीले मन्त्री विश्वकर्माले एक ज्ञापनपत्र वुझ्दै यस्तो कुरा बताएका हुन ।

यो समय सबैका लागि निकै अप्ठ्यारो रहेको तर्फ इगित गर्दै मन्त्री विश्वकर्माले काठमाडौ र पोखरामा रहेका व्यायामसाला आफुले खोल्न पहल गरेपनि सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालन गर्न आग्रह गरे । बन्द भएका व्यायामशालाका कारण सबैलाई समस्या परेको कुरा आफुलाई लागेको बताउँदै उनले भने–“सरकारले मापदण्ड बनाइदिने हो तर त्यसको पालना भने यहाँहरुले गर्ने हो ।”

सो अवसरमा संघका अध्यक्ष शंकरमान उदासले लामो समय देखि व्यायामशालाहरु बन्द हुँदा व्यवसायी देखि खेलाडी समेतले निकै समस्या भोग्नु परेको बताए ।

मन्त्री विश्वकर्माले गरे रंगशालाको निरिक्षण
युवा तथा खेलकुद मन्त्री विश्वकर्माले पोखरा रंगशालाको निरिक्षण गरि यथासिघ्र बाँकी कामहरु सक्न निर्देशन दिएका छन ।

पोखरा रंगशाला मुख्य फुटबल मैदान निर्माणका बारे पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी गराएका थिए ।

पोखरा रंगशालाका पुगेका मन्त्री विश्वकर्मालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, निर्देशक कृष्ण तिमिल्सना, लेखा प्रमुख डिवी नेपाली, कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश वराल लगाएतले स्वागत गरेका थिए ।

सो अवसरमा राखेपका निवर्तमान सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला खेलकुदका निवर्तमान कोषाध्यक्ष दिपक गोदार विभिन्न खेलकुदका प्रशिक्षक लगाएतले मन्त्री विश्वकर्मालाई रंगशालामा स्वागत गरेका थिए ।

कार्यक्रममा सहारा क्लव पोखराका अध्यक्ष केशव वहादुर थापा र पुर्व अध्यक्ष विक्रम थकालीले सहारा युकेको तर्फबाट मन्त्री विश्वकर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button