७ बुँदे प्रस्ताव र ४९ बुँदे कार्य योजनासहित राखेपमा मेरो आवेदन: गुरुङ

पोखरा । नेपालको खेलकुद इतिहासमा खेलकुद विकास विधेयक २०७७ आएसंगै राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्य सचिबका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेसंगै २७ जनाको आवेदन परेको छ ।

राखेप सदस्य सचिबको आवेदन दिनेमा पोखराका तेज बहादुर गुरुङ पनि एक हुन । दरखास्त आवेदनमा संक्षिप्त कार्ययोजना पेश गर्ने वमोजिम गुरुङले सात बुँदे प्रस्ताव र ४९ बुँदे  कार्ययोजना सहित आफ्नो भनाई प्रस्तुत गरेका छन । उनले भने–”यहि ७ बुँदे खम्वामा टेकेर मैले राखेपको सङ्गै नेपालको खेलकुद विकासलाई अगाडी बढाउने योजना बुनेको छु, देशको गौरव अभिवृद्धी गर्नका लागि उत्कृष्ट खेलाडी उत्पदान गर्ने योजना देखि सामाजिक मान्यता कसरी प्राप्त गर्न र खेलकुदमा असल शासन र क्षमता अभिवद्धीलाई प्रमुखतामा राखेको छु ।”

२०३९ सालबाट आफ्नो खेलकुद जिवन प्रारम्भ गरेका गुरुङले त्यसपछि कहिल्यै पनि पछि फर्केर हेर्नु परेको छैन । ह्यण्डबललाई मुख्य खेलको रुपमा आत्मसाथ गरेका उनले नेपालमा ह्याण्डबल खेलको विकासका लागि आफ्ना जिवनका महत्वपुर्ण समय खर्चिएका छन । खेलाडी, प्रशिक्षक हुँदै ह्याण्डबलको नेतृत्व सम्हालिरहेका उनले ह्याण्डबल खेलको माध्यमबाट मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन भुमिका खेलेका छन ।

खेल संगै खेलकुदको नेतृत्व गर्नेहरुलाई शिक्षा कत्तिको महत्वपुर्ण हुन्छ भन्ने कुरा गुरुङबाट सिक्न सकिन्छ । उनको यो नेतृत्वदायी भुमिकामा शिक्षाले समेत महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । कुनै पनि कामलाई योजनावद्ध रुपमा सम्पन्न गर्ने र नसकिए सम्म त्यसका कमि कमजोरी समेतको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नेबाटाहरु तय गर्न उनको खुवी रहेको छ ।

लाहुरे परिवारमा जन्मिएर पनि लाहुरे जिवन भन्दा खेलकुद र सामाजिक जिवनलाई उच्च प्राथमिकता दिने गुरुङले नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष जस्तो महत्वपुर्ण पदमा रहेका छन । आफ्नो खेल जिवनमा ४० भन्दा वढी देश भ्रमण गरेका गुरुङले खेलकुदको नेतृत्वदायी भुमिकामा रहेर खेलकुदको माध्यमबाट शान्ती र शिक्षाको पक्षमा उभिंदै आएका छन । कुनै पनि कुरालाई निकै गम्भिर रुपमा अध्ययन तथा विस्लेष्ण गर्न क्षमता राख्ने उनले खेलकुदबाटनै समृद्धी संगै विश्वशान्तीको बाटो पहिल्याउन सकिन्छ भन्ने कुरालाई बखुवी प्रस्तुत गर्छन ।

के छन त सात बुँदे प्रस्ताव र ४९ बुँदे कार्ययोजनामा 

राखेप सदस्य सचिब आवेदन संगै मन्त्रालयले संक्षिप्त कार्ययोजना समेत मागेको थियो । उक्त कार्ययोजना मागे संगै गुरुङले आफ्नो ५ वुँदे प्रस्ताव सहित १७ वुँदे कार्ययोजना प्रस्तुत गरेका छन ।

पाँच वुँदे प्रस्तावमा गुरुङले गरेको प्रतिवद्धता यस्तो छ–“राष्ट्रिय, अन्तर्राष्ट्रिय विकास क्रम, ज्ञान र अनुभवको आधारमा चार वर्षीय कार्यकालमा नेपालको खेलकुदलाई समय सापेक्षिक, आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न तथा नेपालको खेलकुदलाई अर्को अध्यायमा पुर्याउन प्रतिवद्धता व्यक्त गर्दछु ।”

पाच वुँदे प्रस्तावमा गुरुङले नेपाली खेलकुदको ऐतिहासिक पृष्ठभुमी, वर्तमान चुनौती, खेलकुदको राष्ट्रगत तथा सामाजिक मान्यता विकास सम्बन्धमा, खेलकुद क्षेत्र प्रतिको दृष्टिकोण, नितिगत, समावेशिकरण तथा मूलप्रवाहीकरण सम्बन्धमा, प्रतिभाको पहिचान, प्रोत्साहन, क्षमता विकास तथा व्यावसायीकरण, पुर्वाधार विकास, खेलकुद परिषद्को सांगठानिक विकास तथा सुशासन, राजनीतिक प्रभाव जस्ता महत्वपुर्ण वुँदाहरु उल्लेख गरेका छन ।

नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” भन्ने मूल नारालाई आत्मसात् गर्दै सम्पुर्ण नेपालीको “स्वास्थका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भएको अवस्था सृजना गर्ने तर्फ देशको खेल क्षेत्र उन्मुख गराउने कुरालाई गुरुङले यसलाई मुल मन्त्रको रुपमा कार्यपत्रमा अघि सारेका छन ।

खेलकुदमा व्यापक जन सहभागिता गराउनुका साथै खेलकुदलाई दैनिक जीवन शैलीको रुपमा स्थापित गराई स्वस्थ र तन्दुरुस्त नागरिक निर्माण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरी नेपालको प्रतिष्ठा बढाउनुका साथै दक्षिण एशियामा नेपाललाई शसक्त खेलकुद राष्ट्रको रुपमा स्थापित गर्ने कुराहरुलाई गुुरुङले बेजोड रुपमा उठाएका छन । उनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न स्थानीय देखि अन्तर्राष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको व्यवस्थित रुपमा संचालन र आयोजना गर्ने कुराहरुलाई अगाडी सारेका छन ।

हरेक वर्ष कम्तिमा २ वटा राष्ट्रिय स्तरमा प्रतियोगिता सञ्चालन गर्ने, वर्षमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने, वर्षमा कम्तिमा २ वटा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागीे गराउने, .सम्बन्धित खेलको सम्बन्धित राष्ट्रमा वैदेशिक प्रशिक्षणका लागि कम्तिमा १०० दिनको सहभागी गराउने, प्रशिक्षकहरुको क्षमता अभिवृद्धिलागि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणहरुमा सहभागी गराउने

इलिट स्पोर्टस् पर्सनहरुको पेशागत सुनिश्चितताका लागि नीति निर्माण गर्ने, पेशागत विकासका लागि खेलाडीहरुको मनोबल उच्च राख्न मनोसामाजिक परामर्श दिइने छ । विद्यालयस्तर देखि नै खेलकुद विषयलाई अनिवार्य रुप मा पाठ्यक्रममा समावेश गर्न निर्णयक भूमिका निर्वाह गर्ने, खेलकुदको महत्व र आवश्यकताको सचेतनाका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग बहस, संवाद, कार्यशाला गोष्ठी र अन्तरक्रियाहरु सञ्चालन गर्ने,

एक खेल एक व्यापारिक प्रतिष्ठान अवधारणा अनुरुप विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा कार्ययोजना सहित प्रस्ताव पेश गरी यो अभियानलाई मूर्तरुप दिन उत्पे्ररित गर्ने, खेलकुद विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संघ संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी आर्थिक तथा भौतिक स्रोतहरु जुटाउने, राखेपको दीगोपनाका लागि आफ्नो पूर्वाधारहरुको उपयोग गरी नियमित आयआर्जनको स्रोतको रुपमा परिचालन गर्ने गराउने,

रााखेपका पदाधिकारीको नेतृत्व विकास तथा कर्मचारीहरुको कार्य दक्षता विकास गर्ने,संस्थाको काम र कार्यवाहीलाई चुस्त दुरुस्त बनाउन केन्द्र देखि स्थानीय तहसम्म संस्थालाई सूचना प्रविधि मैत्री बनाउने, राखेपको केन्द्रीय कार्यालय देखि स्थानीय तहसम्म वातावरण मैत्री कार्यालय बनाउने, राखेप मातहतका संघ संस्था का पदाधिकारीहरुलाई हरेक वर्ष संघ संस्थाको नवीकरणसँगै राखेपको सञ्चालन विधिबारे प्रशिक्षण गराउने,

राखेपका प्रशिक्षकहरुको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको पुनर्ताजगी तालिममा का साथै गराउने सूचना तथा प्रविधि मैत्री बनाउन आवश्यक तालिम दिने, राखेपको विभिन्न विभागका कर्मचारीहरुलाई सम्वन्धित विषयको क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण तालिम दिने, खेलाडीहरुको व्यक्तिगत विकासका लागि आवश्यक प्रभावकारी तालिमको व्यवस्था गर्ने ।

के छन त सात वुँदे प्रस्ताव र ४९ वुँदे कार्ययोजना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button