कास्कीमा राष्ट्रिय परिचय पत्र वितरण शुरु

पोखरा।  राष्ट्रिय परिचय—पत्र वितरण गर्न कास्कीमा पनि सुरु गरिएको छ । जिल्ला प्रशासनकार्यालय कास्कीको परिसरमै फिल्ड कार्यालय स्थापना भएसंगै आइतबारदेखिराष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।उनका अनुसार पहिलो दिनमा संघिय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराजअधिकारी सहितका करिब ८ जनालाई उक्त कार्ड वितरण गरिएको हो ।

फिल्डकार्यालयको उद्घाटन सहित आफैबाट उक्त राष्ट्रिय परिचयपत्र ग्रहण गरीकार्यक्रमको शुभारम्भ गरेका सांसद अधिकारीले राष्ट्रिय परिचयपत्रले नागरिकलाई विभिन्न सेवा लिन र सरकारलाई व्यक्तिगत विवरण संकलन गर्न सहयोग पुग्नेविश्वास व्यक्त गरे ।प्रारम्भमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ तथा प्रतिलिपि नागरिकता प्रमाणपत्रलिए पछि उक्त व्यक्ति र अभिभावक समेतको विवरण दर्ता गनिरे भएको कास्कीकाप्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए ।

एक जना व्यक्तिको विवरणदर्ता गर्दा कम्तिमा १० देखि १२ मिनेट लाग्ने, उक्त अभियान को विवरण दर्ताभर्दा फाराम अनलाइन विधिबाट भर्ने योजना रहेको उनले जनाए । सरकारबाटतोकिएको भेन्डर निःशुल्क अनलाइन फाराम भर्ने व्याबस्था मिलाइएको प्रजिअढकालले जनाए । व्यक्तिगत विवरण सुरक्षित गर्न र सरकारी सेवाप्रवाह सहज बनाउनराष्ट्रिय परिचयपत्रको व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

अधिकांश सरकारी कामकाजका लागि परिचयपत्रमा उल्लेखित नम्बरका आधारमा व्यक्तिकोपहिचान हुने, राष्ट्रिय परिचयपत्रको रुपमा प्रयोगसंगै निर्वाचनमा समेत प्रयोगगर्न सकिने, स्मार्टकार्ड जस्तै भएकालेयसमा चिप्सको समेत प्रयोग हुने भएकोउनले जनाए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कास्की जिल्लाको सबै नागरिकलाई बितरण गर्ने हो की कसो हो? मैले आफ्नो परिचय पत्र पाउनलाई के गर्नु पर्दछ जानकारी पाऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button