अन्तर्राष्ट्रिय पुम्सेमा नेपाललाई एक स्वर्ण सहित ७ पदक

पोखरा । अन्तर्राष्ट्रिय तेक्वान्दो भिडियो पुम्से प्रतियोगितामा नेपालले एक स्वर्ण सहित ७ पदक हात पारेको छ ।

विश्वभर कोभिड १९ को कहर जारि रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको “कोभिड १९ पुम्से अन्तर्राष्ट्रिय भिडियो प्रतियोगिता”मा पोखराका सहभागी खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दै एक स्वर्ण सहित कुल ७ पदक जितेका हुन ।

एक साता अघि पठाइएको भिडियोको नतिजा आज प्रकाशित भए अनुसार पोखराकी तेक्वान्दो खेलाडी एवम प्रशिक्षक रेख माया गुरुङले सञ्चालन गरेको एब्सुलुयट् डोजाङका कान्छा खेलाडी निक्कुन गुरुङले स्वर्ण पदक हात पारे । उनी ८ वर्षका हुन ।

ब्ल्याक वेल्ट तर्फका खेलाडी सहभागिता रहेकोे उक्त प्रयितेगितामा विभिन्न उमेरका मध्ये प्रज्ञान तामाङ, करुण खाँड, र आर्यनसन जङ्ग राणाले रजत पदक हात पारेका छन । उनीहरु १० देखि ११ वर्ष उमेर समुहका हुन ।

त्यसै गरि १४ वर्ष मुनको प्रतिष्पर्धामा हर्क वहादुर गुरुङ, १७ वर्ष मुनको प्रतिष्पर्धामा दिपेश गुरुङ र प्रशिक्षक तथा खेलाडी समेत रहेकी रेख माया गुरुङले काश्य पदक हात पारेका छन । रेखले ३० देखि ४० वर्ष उमेर समुहमा प्रतिष्पर्धा गरेकी थिइन ।

सहभागी खेलाडीले १० डलर दर्ता शुल्क समेत रहेको उक्त प्रतियोगितामा २२ देशका खेलाडीले सहभागिता जनाएको आइओएफटिसीका निर्देशक तथा मुख्य प्रशिक्षक दिवाकर महर्जनले जनाएका छन । प्रतियोगितामा सहभागी खेलाडीलाई हङकङका समाजसेवी चाउ बहादुर गुरुङले ५ जनालाई सहयोग गरेका थिए भने ४ जनालाई  मुख्य प्रशिक्षक महर्जनले सहयोग गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button