मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

पाोखरा । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आयोजक समितीले २०७६ माघ ७–१४ गते सम्म पोखरामा सञ्चालित गण्डकी प्रदेशस्तरिय “मुख्यमन्त्री कप फुटबल प्रतियोगिता २०७६” को आय–व्यय सार्वजनिक गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रको लिग कमिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले प्रतियोगिताका लागि ४० लाख प्रदान गरेको थियो । आयोजक समितीले प्रतियोगिता सम्पन्न भएको करिव ६ महिना पछि आय–व्यय सार्वजनिक गरेको हो ।

एन्फाका केन्द्रिय उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहेका कृष्ण थापाले कोभिड–१९ को बन्दावन्दिको कारण आय व्यय सार्वजनिक गर्न ढिलाई भएको स्विकारे । उनले भने–“सबै खर्चका विल भर्पाई संकलन गर्न र बागलुङमा समेत तिन जिल्लाको छनोट खेल आयोजना गर्नुपर्दा वचत भने हुन सकेन ।” प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा गण्डकी प्रदेश सरकारलाई उनले आभार समेत व्यक्त गरे ।

त्यसै गरि प्रतियोगिता आयोजक समितीका सचिब एवम अग्रज फुटबल खेलाडी आनन्द रञ्जितले यो प्रतियोगिताले प्रदेशको फुटबल विकासमा अहम भुमिका खेलेको बताए । उनले भने–“गण्डकी प्रदेशमा लामो समय देखि सिनियर फुटबल प्रतियोगिता हुन सकेको थिएन, मुख्य मन्त्री कपले खेलाडीमा आशा जगाएको छ ।”

यस्तो छ आय–व्यव विवरण
पुरस्कार तर्फ ८ लाख, टिम तयारी खर्च, ४ लाख ५० हजार, मञ्च व्यवस्थापन १ लाख २४ हजार, व्यानर तथा प्रिन्ट तर्फ २ लाख ५५ हजार ७ सय ८१, होटल खर्च ११ लाख ७० हजार ८ सय,मैदान मर्मत ५० हजार ८ सय १, प्रचार प्रशार २० हजार, लेखा परिक्षक २० हजार, यातायत पोखरा र बागलुङ १ लाख ४ हजार, तिन जिल्ला प्रतियोगिता (पर्वत, म्याग्दी, मुस्ताङ) १ लाख ३८ हजार, रेफ्रि तर्फ १ लाख ६० हजार, खाजा खाना खर्च २ लाख ९८ हजार १ सय ९८, फ्लेक्स खर्च ३१ हजार ८ सय, स्टेशनरी खर्च ६६ हजार १५, प्राथमिक उपचार ४ हजार ६ सय ६७, खेलाडी वस भाडा जिल्ला ८५ हजार ४ सय, ट्रफी तथा मेडल ३४ हजार ५ सय ७०, साउण्ड सिष्टम ३० हजार, टेण्ट खर्च २६ हजार ८ सय, टिडिएस वापत ६२ हजार, अन्य विविधि खर्च ६६ हजार ८ सय ६८ गरि कुल ४० लाख खर्च भएको आयोजकले जनाएको छ ।

फायल तस्विर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button