स्याङ्जामा ट्याक्टरले ठक्कर दिँदा वृद्धाको मृत्यु

पोखरा । स्याङ्जामा ट्याक्टरले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।

बिहीबार राति करिब ९ बजे स्याङ्जा कालिगण्डकी गाउँपालिका-१ ठाटी भञ्ज्याङस्थित भित्री कच्ची सडकमा लु ३ त ४२०१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही स्थान बस्ने ७६ वर्षीया कृष्ण रेग्मीको मृत्यु भएको हो । घटनामा घाइते भएकी रेग्मीलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएकोमा अस्पतालमै शुक्रबार राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button