चीनमा बुधबार थपिए १ सय १ कोरोना संक्रमित, संक्रमणको दोस्रो लहरको डर

पोखरा । चीनमा बुधबार गत ३ महिनायता पहिलो पटक १ सय बढी संक्रमित पुष्टि भएका छन् ।

२०१९ को डिसेम्बर चीनको वुहानबाटै शुरु भएको कोरोना महामारी पुन: चीनमा फैलिने संकेत देखिए पछि दोस्रो लहरको संक्रमण शुरु भएको आशंका गरिएको छ । त्यहाँको नेसनल हेल्थ कमिसनका अनुसार बुधबार देखिएका मध्ये ९८ जना स्थानीय रुपमै भएका संक्रमण हुन् भने बाँकी ३ जना विदेशबाट आएकामा संक्रमण देखिएको हो ।

स्थानीय रुपमा संक्रमित ९८ मध्ये ८९ जना सिन्जियाङस्थित अल्पसंख्यक जातिको बसोबास भएको उइगुर स्वशासित क्षेत्रका रहेका छन् भने ८ जना लाओनिङ र १ जना बेइजिङ महानगरका रहेका छन् । मङ्गलबार पनि सिन्जियाङमा ८९ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण फैलिने डरले त्यहाँको डालियन, उरुम्की लगायत क्षेत्रमा युद्धावस्थाको लकडाउन आव्हान गरिएको छ । कोरोनाको एउटा क्लस्टर नै फेला परेको डालियन क्षेत्रसँग सम्पर्क रहेका मानिसहरुमार्फत अन्य ९ शहरमा पनि कोरोना संक्रमित पुष्टि भएको जनाइएको छ ।

हाल चीनमा ८४ हजार ६० जनामा कोरोना पुष्टि हुँदा ४ हजार ६ सय ३४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button