जिल्ला समन्वय समिती प्रभावकारी बनाउन कानुनको खाँचो

पोखरा । जिल्ला समन्वय समिती कास्की तिन वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गर्दा समेत यसको भुमिका प्रभावकारी हुन नसकेको भन्दै स्वयं जिल्ला समन्वयका पदाधिकारीले गुनासो गरेका छन ।

जिल्ला समन्वय समिती कास्कीले चौथो वर्ष प्रवेश गरेको सन्दर्भ मा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले समन्वय समितीको प्रभावकारिता बढाउन कानुन निर्माणमा जोड दिएका हुन । चौथो वर्ष प्रवेशको अवसरमा आयोजना गरेको कार्यक्रममा वोल्दै गण्डकी प्रदेश आन्तरिक मामिला, न्याय तथा कानुन मन्त्री हरि बहादुर चुमानले समितीको प्रभावकारिताका लागि कानुनको खाँचो रहेको औंल्याए ।
अनुगमनको प्रभावकारिता संगै त्यसका लागि कानुनको परिमार्जन आवश्यकता रहेको बताउँदै मन्त्री चुमानले समन्वय समितीको भुमिकालाई अझै वलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्नेकुरामा जोड दिंदै यसका लागि अझै एक वर्ष पर्खिनुपर्ने बताए ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख समेत रहेका वैन वहादुर क्षेत्रीले कानुनको अभावमा जिल्ला समन्वयलाई अनुगमनको कामको जिम्मेवारी मात्रै सिमित गराइएको भन्दै प्रमुख क्षेत्रीले गुनासो गर्दै भने–“अनुगमनबाट आएको प्रतिवेदनमा उल्लेख गरिएका कुराहरुमा सम्वन्धित निकायले जिम्मेवारी वोध नर्गदा समन्वय समिती अवलोकनमा मात्रै सिमित भएको छ ।”

तर गत वर्षमा जिल्ला समन्वयले ५० भन्दा वढी समन्वयात्मक बैठक, समिक्षा कार्यक्रम, गोष्ठी लगाएतका कार्यक्रमहरु सम्पन्न गरेको बताउँदै प्रमुख क्षेत्रीले–“संघिय कानुनमा टेकेर यसको गठन त भयो तर प्रदेश सरकारले यसको कानुन ल्याउनेतर्फ ढिलाई गर्दा समितीको प्रभावकारिता सोचे जस्तो हुन सकेको छैन ।”

गएको वर्षमा जिल्ला समन्वय समिती कास्कीले आफ्नो मौजदात कोषबाट मादी गाउँपालिका ७ वटा वडा कार्यालय भवन, अन्नपुर्णका ५ वटा वडा कार्यालय भवन, माछापुच्छ्रेको एक वडा र प्रशासकिय भवन, विद्यालय भौतिक सुधार, खानेपानी सुधार लगाएतका कामहरु सम्पन्न भएको प्रमुख क्षेत्रीले बताए । उनले राष्ट्रिय पुर्ननिर्माणतर्फ ४ हजार निजीघरहरुको निर्माण अन्तिम चरणमा पुगेको जनाएका छन भने कास्कीका ७२ वटै वडामा सञ्चालन भएका विकास निर्माणको अनुगमन गरेको बताए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिशीले संघियता र गणतन्त्रको कार्यान्वयन संगै स्थापित जिल्ला समन्वयको भुमिकालाई परिणाममुखी बनाउनुपर्ने कुरामा जोड दिए । तर उनले कसैलाई वलियो बनाउने नाममा स्थानिय निकायहरुको अधिकारलाई कुण्ठित गर्न नहुने बताए । कार्यक्रममा जिल्ला समन्वय समिती कास्कीकी उपप्रमुख सावित्री भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बरालले समेत आ–आफ्ना धारणा राखेका थिए ।

चोथो वर्ष प्रवेशको अवसरमा जिल्ला समन्वय समिती कास्कीले कार्यालय परिसरको सरसफाई शुभकामना आदान प्रदान एवम पोखरा ३२ स्थित राधा कृष्ण वृद्धाश्रमका वृद्ध–वृद्धाहरुलाई खाद्यान्न सहयोग गरि मनाईएको जिल्ला समन्वय समिती कास्कीका सदस्य तोरण वानियाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button