पोखरा-३३ मा पहिरोले पँधेरो पुरेपछि समस्या

पोखरा । लगातारको वर्षासँगै पोखरा महानगरपालिका–३३ बरमाझथरस्थित कटुजे पँधेरो पहिराका कारण पुरिएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

असारको पहिलो साता पानीको मुहानमा गएको पहिराले खानेपानीको स्रोत नै थुनेको र त्यसयताको लगातारको बाढीले पटकपटक क्षति पुर्याएपछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको स्थानीयवासी एवम् शिशुकल्याण माध्यमिक विद्यालय भरतपोखरीका शिक्षक सुदन पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार परापूर्वकालदेखि कटुजे पँधेराको पानी यहाँका पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारीलगायत स्थानका ६० भन्दा बढी घरधुरीले उपयोग गर्दै आएका छन् ।

कटुजेमा उपल्लो र तल्लो गरी पानीका दुई मुहान रहेकामा दुई वटै पहिराले पुरेको अर्का स्थानीयवासी एवम् चण्डी माविका शिक्षक कमलप्रसाद पौडेलले जानकारी दिए ।

पँधेरामा भएको क्षतिबारे स्थानीय तहमा जानकारी गराइसकिएको उल्लेख गर्दै उहाँले यथाशक्य चाँडो पहिरो पन्छाएर खानेपानी आपूर्ति पुनः सञ्चालन गर्नुपर्ने बताए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button