पोखरामा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गरियो

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा उपचारको क्रममा गएराति मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ ।

संक्रमित मृतक पुरुषको शव पोखरा–३२ मझुवा स्थित रातो पैह्रा घाटमा व्यवस्थापन गरिएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । यस अघि शव व्यवस्थापन गरेकै ठाउँमा नेपाली शेनाको डेडीकेटेड टीम सहितको टोलीले शव व्यवस्थापन गरेको मेयर जिसीले बताए।

यस अघि पोखरामा कोरोना संक्रमणबाट ज्यान गुमाएका स्याङजाका पुरुषको शव गत असार ११ गते सोही स्थानमा व्यवस्थापन गर्ने क्रममा स्थानीयले अवरोध गरेका थिए । कोरोनाका कारण पोखरामै मृत्यु भएका अर्का स्याङजाका पुरुषको गत जेठ २५ गते पोखरा ११ र २० को सीमानामा शव व्यवस्थापन गर्ने क्रममा समेत  स्थानीयले अवरोध गरेका थिए ।

दुवै पटक भएको अवरोधमा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । यसपटक बिना रोकावट शव व्यवस्थापन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमण पश्चात प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा उपचार गराएका मध्ये स्याङजाका २ र पोखरा १९ का एक पुरुष  (गए राति ज्यान गुमाएका) सहित पोखरामा हालसम्म ३ जनाले ज्यान गुमाएका छन ।

गण्डकी प्रदेशमा बागलुङ र गोरखाका थप  एक-एक सहित ५ जनाले कोरोना संक्रमणका कारण  ज्यान   गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button