पोखराका २ सहित गण्डकीका थप ८ जनामा कोरोना पुष्टि

पोखरा । पोखरा महानगरका २ सहित गण्डकीमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान पोखरा महानगर वडा नम्बर ५ का १  पुरुष  तथा वडा २६ की १ महिला  सहित गण्डकी प्रदेशका ४  जिल्लाका थप ८  जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीका २ सहित तनहुँका २ पुरुष , स्याङ्जाका १  महिला, पर्वतका १ पुरुष तथा नवलपुरका १-१  महिला पुरुषमा कोरोना देखिएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६  सय २०  पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४७० पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button