कतारमा कोरोना संक्रमण घट्दै

तिलु शर्मा l कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको संक्रमण घट्दै गएको जनाएको छ l पछिल्लो २४ घण्टामा ३ सय १ जनाले स्वास्थ्य लाभ गरेका हुन् । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या कतारमा १ लाख ११ हजार २ सय ५८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ९० रहेको छ, जस मध्य १८ जना नेपालि नागरिक रहेका छन l

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनामा गरिएको परीक्षणमा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हालसम्म कतारमा सङ्क्रमितको सङ्ख्या १ लाख १४ हजार ५ सय ३२ पुगेको छ । संक्रमित मध्ये ४ सय ४७ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेनटिनमा राखिएको छ भने थप ४ सहित ७१ जनालाई आइसियुमा राखी उपचार जारि राखिएको छ ।

कुल ३ हजार ८४ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । आजसम्म ५ लाख ४२ हजार ५ सय १८ जनामा कोरोनाको परीक्षण गरिएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे टोल फ्री नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button