साउदीबाट हुने भनिएको उद्धार उडान स्थगित

पोखरा । कोरोना संक्रमण बढ्दै गए पछि साउदीबाट हुने भनिएको उद्धार उडान स्थगित गरिएको छ ।

कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्रले देशमा पछिल्लो समय कोरोना संक्रमण बढेकाले विभिन्न स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेको तथा क्वारेन्टिनका लागि होटलको व्यवस्था समेत नभएको हुँदा उद्धार उडानहरु नगर्न निर्देशन दिएको थियो ।

यसै सुचनालाई आधार मान्दै अर्को सुचना जारी नभएसम्मका लागि उद्धार उडानहरु स्थगित गरिएको रियादस्थित नेपाल दूतावासले जानकारी दिएको छ ।

अगस्ट १६ देखि विभिन्न मुलुकबाट पाँचौं चरणको उद्धार गर्ने कार्यक्रम रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button