तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना

दमौली । तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो ।

जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा सेवाग्राहीलाई नवलपुर जानुपर्ने बाध्यता अब हटेको छ । पूर्वाधार विकास कार्यालयले प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल, भवन निर्माण गर्छ ।

कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले पूर्वाधार विकास कार्यालयको स्थापना गरी काम शुरु गरिएको जानकारी दिए । जिल्लामा यसअघि पूर्वाधार विकास कार्यालय नहुँदा नवलपुरमा रहेको कार्यालयले हेर्ने गर्दथ्यो । कार्यालयमा २५ जनाको दरवन्दी कायम भएको छ । “दरवन्दी अनुसारको कर्मचारी त पूरा भइसकेको छैन, स्थायी कर्मचारी सबै हुनुहुन्छ, बाँकी इन्जिनीयर, सवइन्जिनियरलाई मन्त्रालयले करारमा पठाउन सक्छ,” ढुङ्गानाले भने।

कार्यालयको मातहत नै आजदेखि डुम्रेमा रहेको यातायात व्यवस्था शाखाको कार्यालय पनि शुरु भएको छ । सो कार्यालयबाट तनहुँसहित गोरखा र लमजुङका सेवाग्राहीले सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दै आएका छन् । तर अब गोरखा र लमजुङमा पनि यातायात व्यवस्था शाखा स्थापना हुने भएपछि डुम्रेको कार्यालय दमौली स्थानान्तरण गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button