कोरोना अपडेटः विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेका १५ मुलुक  संयुक्तराज्य अमेरिका,  ब्राजिल, मेक्सिको,  भारत, बेलायत, इटाली, फ्रान्स, स्पेन, पेरु, इरान, कोलम्बिया, रसिया, दक्षिण अफ्रिका, चिली, बेल्जियम छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button