चितवनमा कोरोना सङ्क्रमणले तीनको मृत्यु

चितवन । जिल्लामा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षका युवाको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा, खोकी र ज्वरो आएर उपचारका लागि भरतपुर अस्पताल आएका उनीमा १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै आज बिहान पुष्पाञ्जली हस्पिटलमा भरतपुरका ५१ वर्षका पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ की महिलाको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उमेर ७१ वर्ष थियो ।

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । कोरोनाका कारण जिल्ला भित्रका चार जनाको मृत्यु भएको छ भने एक कैलाली, एक गोरखाका र तीन जना मकवानपुरका रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button