पोखराको दामोदार कुनामा आवासीय किरियापुत्री भवन निर्माण

पोखरा। पोखरा–२२ स्थित दामोदर कुनामा आवासीय सहितको किरीयापुत्री भवन निर्माण सम्पन्न भएको छ ।

उक्त भवनको शनिवार समाजसेवी पं पूण्यप्रसाद बरालले आसपासको क्षेत्रमा बृक्षारोपण सहित समूद्घाटन गर्नुभएको हो । उक्त भवनबाट पोखरा २२ को घैयाखेत, टारीखेत र पोखरा १७ छोरेपाटनको उत्तरी भेगका बासीन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

उक्त भवनमा स्नान कक्ष, शौचालय सहितको छ । गत चैत्र महिनामा सुरु गरी नितान्त स्थानीयहरुको श्रम सहभागिता तथा आर्थिक सहयोगमा निर्माण भएको सो भवन कनै पनि राजनीतिक दल, जाति, वर्ग तथा समूदायप्रति लक्षित नभई मिानवीय सेवा र किरीयाकर्मको संस्कारका लागि निर्माण गरिएको निर्माण समितिका सदस्य कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

३४५ घर आजीवन सदस्यभई ९ जनाको कार्य समिति, ६ जनाको संख्यामा निर्माण समिति र सल्लाहाकार समिति रहेको संयुक्त समितिद्वारा निर्माण कार्य सम्पन्न भएको पोखरेलले बताए ।वर्षातको समयमा र संस्कार अनुसार घर भाडामा बस्ने व्यक्तिहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गरी निर्माण गरिएको हो । भवन आवासीय व्यवस्थापन सहित निशुल्क व्यवस्था गरिने निर्माण समिति सदस्य कृष्णप्रसाद पोखरेलले बताउन्भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button