डा. केसीलाई जनताको सेवा गर्न देऊ-अधिकारकर्मी

पोखरा । डा. गोविन्द केसीलाई जनताको निःशुल्क सेवा गर्नेक्रममा भएको बन्देजविरुद्ध पोखराका अधिकारकर्मीहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले डा. केसीलाई जुम्लामा स्थानीय जनताको निःशुल्क स्वास्थ्य उपचार गर्ने कार्यमा स्थानीय प्रशासनले गरेको बन्देज र धरपकडविरुद्ध निन्दा गरेका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि समर्पित डा. केसीविरुद्ध पञ्चायती भिजिलान्ते शैलीमा गरिएको धरपकडको घोरनिन्दा गर्दछौं ।’

कोरोना महामारी कारण अन्य रोगका बिरुवाको उपचार समेत प्रभावित बनेको अवस्थामा दुर्गम जिल्लाका नागरिकको मानवीय सेवामा जुटेका स्वयंसेवक डा. केसीमाथि अपमाजनक व्यवहार गर्नु मानवअधिकारको उल्लंघन हो भन्दै निर्वाधरुपमा सेवा गर्ने सहज वातावरण सृजना गर्न माग गरिएको छ ।

विज्ञप्तिमा नागरिक समाज कास्कीतर्फबाट इन्द्रकमल मानन्धर, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी शशि तुलाचन, रिटिजन्स जुरी कास्कीतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, संयुक्त देशभक्त मोर्चाका तर्फबाट रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका विष्णुहरि अधिकारी, राईजिङ स्टार युथ क्लबका विष्णुप्रसाद गुरुङ र डेभिजफल क्लबका पुष्प बरालले संयुक्त हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button