कास्कीका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री

पोखरा । पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना संक्रमण वढी देखिन थालेपछि  उनीहरुलाई लक्षित गरी स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ ।

कास्की प्रहरीलाई आइतबार नेलम्बो नेपाल नामक संस्थाले स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको हो । हाल कोभिड १९ समुदाय स्तरमा नै फैलिन लागेको विषम परिस्थितिलाई मध्यनजर गर्दै त्यसले थप आक्रान्त नपारोस र जोखिमलाई न्यूनीकरण गर्न अग्रपंक्तिमा रही सेवा गर्दै आएका सुरक्षाकर्मीलाई  लक्षित गरी स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो ।

प्रहरीलाई गल्वस, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन् ९५ मास्क गरी कुल एक लाख २ हजार ४ सय १० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई प्रदान गरिएको हो । उक्त संस्थाका अध्यक्ष एकदेव देवकोटा सहितको टोली जिल्ला प्रहरी कार्यालय पुगरे त्यस्ता सामाग्र प्रदान गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button