स्वास्थ्य मन्त्रीलाई नै कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।
यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button