चित्रकलामा भविष्य खोज्दै शरद

पोखरा  । कलाकार शरद भण्डारी कास्की जिल्लाको नौडाँडामा जन्मनुभएको हो । उहाँ अहिले चित्रकलामा आफ्नो भविष्य खोज्न सर्घष गर्दैहुनुहुन्छ । चित्रकला भनेको सामान्य विषय पक्कै होइन ।

कागजको पानामा कोरिएको कलामा सयौँ घण्टाको मेहनत रहेको हुन्छ । जहाँ कलाकारले बढो गम्भिर भएर आफ्नो कलालाई उतार्दछ । उहाँको चित्रकलाको माध्यम एक्रेलिक रङ विशेष, चरकोल स्केच हो । उहाँले सिर्जना गरेका चित्रमा अध्यात्मिक चिन्तन र मनोबैज्ञानिक भावहरु भेटिन्छ । अमुर्त अर्धमुर्त र ल्यान्डस्केप शैलीमा आर्कषक कला भर्दै चित्रकला पारखीको ध्यान तान्न उहाँ सिपालु हुनुहुन्छ । अभिनय, चित्रकला, साहित्य र अध्यात्ममा रुचि राख्ने भण्डारी पछिल्ला दिनमा चित्रकलातर्फ बढी व्यस्त हुनुहुन्छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण उहाँले गर्दै आएका केही काममा असर परेपनि चित्रकलाको काममा भने निरन्तरता दिनुभयो । नेपालमा कोरोना महामारीको प्रभाव आउनुभन्दा अगाडि उहाँको दैनिकी सामान्य थियो । ‘कोरोना प्रभाव आउनुभन्दा अगाडिका दिनहरु समान्य थिए, रङ्गमन्चका कामहरू, पेन्टिङका काम तथा शिक्षण पेशा चलिरहेको थियो’ उहाँले भन्नुभयो ।

उहाँको लकडाउनको समय भने सृजनात्मक रह्यो । घरमै बसेर केही कथा उहाँले लेख्नुभयो । सोही समयमा १३ ओटा चित्रहरु उहाँले गर्नुभयो । ‘लकडाउनको समयमा बाहेक विदेशी र नेपाली साहित्य धेरै किताबहरु पढ्ने मौका मिल्यो । तर समय सधै उस्तै नहुदोरहेछ । लकडाउन खुलेपनि सहज परिस्थिति नहँुदा कता कता मानसिक तनावहरु हुदारहेछ’ उहाँले थप्नुभयो ।

कोभिड–१९ महामारीका कारण भएको आर्थिक समस्याले सृजनामा समेत असर परेको उहाँले बताउँनुभयो । अबको आवश्यकता भनेको कोरोना कहरका कारण परेको असरलाई कम गर्दै निकास दिनु भएको उहाँको बुझाई छ । ‘राज्यले लकडाउन, निषेधाज्ञा थप्नु मात्र विकल्प होइन जिम्मेवारपुर्वक वैकल्पिक उपाए सोच्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
आम नेपाली जनतामा भएका डिप्रेसनलाइ निर्मूल गराउने उपाय सरकारले गर्नुपर्ने तथा सबैले निर्धक्कका साथ काम गरेर खान पाउने अधिकार पाउनुपर्छ भन्नेमा उहाँको जोड छ । यसका अलावा कलाकार शिक्षक जस्ता पेशा गर्ने मानिसलाई आबद्ध संस्थाबाट केही सहयोग हुन सके उच्च मनोबलका साथ काम गर्न सकिने उहाँको भनाई छ ।

विभिन्न प्रतियोगीता र कला कार्यशालामा सहभागी भई उहाँले आफुमा निखारता थप्नु भएको छ । उहाँ २०६७ सालमा भएको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा पहिलो हुनुभएको थियो । पोष्टर डिजाइन, किताबको कभर डिजाइन र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर ५ महिनासम्म निःशुल्क कार्यशाला मार्फत नयाँ प्रतिभा सामु आफ्नो कला सेयर गरिसक्नुभएको छ । उहाँले हालै एडभोकेसी फोरम नेपालले आयोजना गरेको चित्रकला प्रतियोगीतामा द्धितीय पुरस्कार समेत जित्नुभएको थियो ।

भण्डारी एक थिएटर कलाकार समेत हुनुहुन्छ । उहाँले विभिन्न नाटक मार्फत रंङ्गमञ्चप्रेमीको माया बटुल्नु भएको छ । चित्रकला र नाट्य क्षेत्रलाई निरन्तर अगाडि बढाउने उहाँको योजना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button