भन्सार छलेर ल्याइएको औषधि बरामद

बनियानी । भन्सार छलेर ल्याउदै गरिएको अवैध औषधि प्रहरीले बरामद गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ७ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

उहाँका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधन आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको उहाँले बताउनुभयो । यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबा २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधि बरामद गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button