‘जागौ पोखरा’ अभियान अन्तरगत सडकका खाल्डा पुर्दै

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी कार्यालयबाट क्वाटर पुग्ने महेन्द्रप्ल–माटेपानीसम्मको सडक खाडल परेका कारण सवारी चलाउन सक्ने अवस्थाको छैन ।

सितलादेवी र माटेपानीका स्थानीय भन्दै थिए दिनहुँ मेयर हिड्ने सडकको त यो अवस्था छ भने अन्य ठाँउको सडकको अवस्था कस्तो होला ? पोखराको समागृह चोकमा पानीको पाइप राख्नका लागि खनिएको खाडलका कारण सवारी गुड्न नसक्ने अवस्थामा छ, महानगरले वास्ता नगरेपछि पोखरेलीहरु न्ै खाल्डाखुल्डी पुर्ने अभियानमा जुटेका छन् ।

दिनका दिन चिल्ला गाडी चढेर हिड्ने पोखराका मेयरसँगै जनप्रतिनिधिहरुका आँखा समेत त्यस्ता खाल्डाखुल्डीमा पुग्न सकेका छैनन । जनप्रतिनिधिहरुलाई तलब भत्ता लगायतका विभिन्न सुबिधाको लागि करोडौं रुपैयाँको बजेट हुन्छ तर सडकलाई मर्मत गरि सडक स्तरोन्नति गर्नको लागि पोखरा जस्तो सहरमा बजेट अभाव हुने गरेको जागौ पोखराका अभियान्ता चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

जनताको कर नेताको सेवा सुबिधाको लागि मात्र प्रयोग भएको भन्दै कहिले सम्म जनताको कर नेताका चिल्ला गाडी र सेवा सुबिधाको लागि मात्र? भन्दै अधिकारीले आक्रोशका साथ सम्बन्धित निकायलाई प्रश्न गर्नुभयो ।‘जागौ पोखरा’ अभियान मार्फत पोखराका सडकका खाल्डाखुल्डी पुर्दै अभियान्ता अधिकारीले हातमा बेल्चा लिएर आफुले तिरेको करको सही सदुपयोग नभएको भन्दै आक्रोश पोख्नुभएको थियो ।

पोखराका तिनै सडकका खाल्डाखुल्डी पुर्ने क्रममा पोखराका विभिन्न स्थानमा समेत जागौ पोखराका अभियान्ता र केही शुभचिन्तकहरु बेल्चा र गैंची लिएर खाडल पुर्दै थिए । त्यही मध्यका एक अभियान्ता क्षितिज सापकोटालाई यो त राज्यको काम हो, यो घाममा तपाईहरु किन यसरी खटिनु भएको छ? भनेर प्रश्न गर्दा, “हामीले मत दिएर जिताएका जन प्रतिनिधिहरु  १३ करोड कसरी मिलाउने भनेर सोच्न मै ब्यस्त भएको हुंदा सडकका खाडलमा ध्यान जान नसकेको हुँदा जागौ पोखराको अभियानमा सहभागी भएको बताउनुभयो ।

सोही अवसरमा अभियान्ता दीपक आचार्यले हामीले जनताका सेवक भनेर नोकरको जिम्मेवारी दिएका हाम्रा नोकरहरु छोटे राजा बनेर मालिकहरुको समस्या बिर्सिएको हुँदा मालिकहरु आफै गैची बेल्चा लिएर सडकमा आईसकेका बताउनुभयो ।उहाँले अब मालिक सडक मा आए ए तिमी नोकरहरु हो अब तिमी पनि सडकमा आउ र आफ्नो जिम्मा निभाउ भनी सडकमा आउन परेको भनाई राख्नुभयो ।

दैनिक सडक दुर्घटना खाल्डाखुल्डीका कारण हुने हुँदा जागौ पोखराले शिबराज बास्ताकोटीलाई संयोजकको जिम्मेवारी दिएको र उक्त कार्यको लागि बाबा फाउन्डेसनका अध्यक्ष दिलिप राज श्रेष्ठलेले गैची बेल्चा उपलब्ध गराउनु भएको जागौ पोखराका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिनुभयो ।उहाँका अनुसार मंगलबार पाँचौ दिन खाल्डाखुल्डी पुर्ने काम निरन्तर जारी रहिरहेको बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button