श्रृंगार सामग्रीको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

पोखरा । सोह्रश्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिन पारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाले बृद्धबृद्धालाई खाद्यान्न सहयोग गरेका छन ।

सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखरा-१७ विरौटामा रहेको उत्त mआमा समूहक ादुई जनासदस्यले बुधबार पोखरा १७ को सितापाइला स्थित पोखरा बृद्धाश्रममा नून, तेल, खाद्यान्न, फलफूल, जुस, मास्क लगायतका सामाग्रीहरु वितरण गरेको समूहका अध्यक्ष नन्दकुमारी गुरुङले जानकारी दिइन् ।

समूहमा आवद्ध पवित्रा पोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको खाद्य सामग्री प्रदान गरेका हुन् । बन्दाबन्दीकै समयमा उनीहरुले श्रृंगारका सामाग्रहीहरु, चुरा, पोते, तथा कुशन र गुडिय ाबनाएर बिक्री गरेका थिए ।

लकडाउनमा सिकेको सीप पछिसम्म पनि कामलाग्ने भएकाले पितृहरुको आशीर्वाद लिन बृद्धाश्रममा सहयोग लिएर पुगेको समूहका सदस्य अन्जु क्षेत्रीले बताइन् । बृद्धाश्रममा यतिबेला ५५ जना बृद्धबृद्धाहरु आश्रित रहेको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button